neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सिरि ए : एसी मिलानको सहज जित

Apr 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत्र २९
इटालियन सिरि ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा मिलानले पर्मालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन एन्टी रिबिक,फ्रान्क केसी र राफेल लियोले एक-एक गोल गरे ।पर्माका रिकार्डो गागलियोलोले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा एन्टी रिबिकले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा फ्रान्क केसीले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६० औँ मिनेटमा मिलान १० खेलाडीमा समेटिएको थियो ।मिलानका ज्लाटन इब्राहिमोबीचले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

खेलको ६६ औँ मिनेटमा पर्माका रिकार्डो गागलियोलोले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि इन्जुरी समयमा मिलानका राफेल लियोलेले गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

जितसँगै एसी मिलानले ३० खेलबाट ६३ अंक जोडेको छ र दोस्रो स्थानमा छ। पराजित पर्माको २० अंक छ र १९ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi