neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको फराकिलो जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको फराकिलो जित

Apr 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत २९

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले स्ट्रासबर्गलाई ४-१ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे, पाब्लो सरबिया,मोइज केन र लीन्ड्रो परेडेसले एक-एक गोल गरे । स्ट्रासबर्गको डिओन मोइस साहिले एक गोल फर्काए ।

खेलको १६ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।२७ औँ मिनेटमा पाब्लो सरबियाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४५ औं मिनेटमा मोइस किनले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ६३ औं मिनेटमा स्ट्रासबर्गका डिओन मोइस साहिले गोल गर्दै ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा पीएसजीका लीन्ड्रो परेडेसले गोल गर्दै टोलीलाई ४-१ को जित दिलाए ।

जितसँगै पीएसजीले ३२ खेलबाट ६६ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित स्ट्रासबर्गको ३२ खेलबाट ३६ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi