neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

लिभरपुलको कठिनाई जित

Apr 11th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, चैत २९


इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले कठिनाई जित निकालेको छ ।शनिबार राति भएको खेलमा लिभरपुलले एस्टोन भिल्लालाई २-१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र ट्रेन्ट अलेक्ज्याण्डरले एक-एक गोल गरे । एस्टोन भिल्लाको लागि ओली वाटकिन्सले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता एस्टोन भिल्लाले लिएको थियो । खेलको ४३ औं मिनेटमा ओली वाटकिन्सले गोल गर्दै एस्टोन भिल्लालाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५७ औँ मिनेटमा लिभरपुलका मोहम्मद सालाहले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि इन्जुरी समयमा लिभरपुलका ट्रेन्ट अलेक्ज्याण्डरले गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले ३१ खेलबाट ५२ अंक जोडेको छ र चौथो स्थानमा उक्लिएको छ ।पराजित एस्टोन भिल्लाको ३० खेलबाट ४४ अंक छ र दशौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi