neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको सिटी लिड्ससँग पराजित

Apr 10th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २८

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी पराजित भएको छ । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीलाई १० खेलाडीमा समेटिएको लिड्स युनाईटेडले उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

लिड्सलाई जित दिलाउन स्टुअर्ट डलासले दुई गोल गरे ।सिटीका फेरन टोरेसले एक गोल फर्काएका थिए।

खेलको ४२ औँ मिनेटमा स्टुअर्ट डलासले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लिड्स १० खेलाडीमा समेटिएको थियो ।लिड्सका लियाम कोपेरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

दोस्रो हाफको ७६ औं मिनेटमा सिटीका फेरन टोरेसले गोल गर्दै खेल बराबरीमा फर्काए ।तर,इन्जुरी समयमा लिड्सका स्टुअर्ट डलासले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

हारपछि पनि सिटी स्थानमा रहेको छ ।सिटीको ३२ खेलबाट ७४ अंक छ र शीर्ष स्थानमा १४ अंकको अग्रता बनाएको छ ।लिड्स युनाईटेडको ३१ खेलबाट ४५ अंक छ र दशौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi