neapl investment mega bank
  • गृहपृष्ठ
  • खुल्यो बालकोट मिट मार्ट, स्वस्थ्य मासु उपलब्ध गराउने संचालकको प्रतिबद्दता

खुल्यो बालकोट मिट मार्ट, स्वस्थ्य मासु उपलब्ध गराउने संचालकको प्रतिबद्दता

Apr 10th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत २८

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटमा ३५ लाख लागतमा बालकोट मिट मार्ट संचालनमा आएको छ । मासु पारखीहरुको स्वास्थ्यलाई मध्यनजर गरि खसी तथा जिउँदो लोकल कुखुरा, ब्रोइलर, प्यारेन्ट, हाँस, माछा लगायतको मासु उपलब्ध हुने संचालकहरु राजेश कार्की र दिपेन्द्र कार्कीले जानकारी दिए । यस मिट मार्टमा ग्राहको स्वास्थ्यलाई मध्यनजर गर्दै सरसफाईमा विशेष ध्यान पुर्याइएको छ । विदेशमा बटुलेको शीपलाई स्वदेशमा उपयोग गरि ग्राहकको मन जित्ने विश्वास लिएको संचालकहरुले बताए ।

यसका साथै बिवाह, पास्नी, बर्थडे लगायत अन्य भोज तथा कार्यक्रमका लागि पनि मासु उपलब्ध हुनुका साथै होम डेलिभरीको सुविधा रहेको संचालकहरुले जानकारी दिए ।