neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो आर्सनल

सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो आर्सनल

Apr 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २७

आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ ।बिहीबार राति आर्सनलको घरेलु मैदानमा भएको खेलमा स्लाविया प्राहाले आर्सनललाई १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा आर्सनलको लागि निकोलस पेपेले एक गोल गरे भने स्लाविया प्राहाको लागि टोमस होल्सले एक गोल गरेका थिए।

खेलको ८६ औँ मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।

तर,दोस्रो हाफको इन्जुरी समयमा स्लाविया प्राहाका टोमस होल्सले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

अब दोस्रो लेग अप्रिल १६ मा स्लावियाको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi