neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राषफोर्ड र फर्नांडीसको गोलमा युनाईटेडको जित

राषफोर्ड र फर्नांडीसको गोलमा युनाईटेडको जित

Apr 9th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २७

म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।बिहीबार राति भएको खेलमा युनाईटेडले ग्रानडालाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नांडीसले एक-एक गोल गरे ।युनाईटेडले एक गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ३१ औँ मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ९० औं मिनेटमा ब्रुनो फर्नांडीसले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

अब दोस्रो लेग अप्रिल १६ मा युनाईटेडको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi