neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७ औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७ औं वार्षिकोत्सव सम्पन्न

Apr 8th, 2021

काठमाडौं, चैत २६

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३७औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको Billing tyf Report को अनलाईन सुविधा लिन सकिने Patient Portal को उद्घाकटन गर्नुभयो । साथै उहाँले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको थैली अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गर्नुभयो । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र ल्भउब िःभमष्अब िव्यगचलब िको समेत उहाँले लोकार्पण गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्नुहुने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै भिजिटिङ कन्सल्टेन्टहरु प्रा.डा. रोहित कुमार पोखरेल र डा. रबिन बहादुर बस्नेत तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्या्उने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत प्याथोलोजी विभागलाई शिल्ड तथा प्रशंसापत्र समेत उहाँले प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गर्नुभयो । साथै कोभिड–१९ बाट संक्रमण भएका प्रहरी कर्मचारीहरुलाई सामान्य जिवनमा फर्काउनका निम्ति नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै आगामी दिनमा समेत थप सतकर्ता र लगनशील भएर काम गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको स्वभाव भनेकै नागरिक प्रहरी भएको बताउँदै उहाँले भन्नुभयो, ‘नागरिक प्रहरीको मर्म भनेकै नागरिकको बिचमा गएर गर्ने सेवा हो ।’ साथै नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्यवयनमा सदैव निरन्तर र दिर्घकालीन हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु अच्युत कृष्ण खरेल, रमेश चन्द ठकुरी, कुवेर सिंह राना, उपेन्द्र कान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गर्नुभयो ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले अस्पतालमा रहेका बेडहरुको लागि ३० थान कम्बल अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो ।

उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले १ थान पीओएस मेसिन र ४ थान क्यूआर मेसिन अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो ।

समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम् प्रविधि र पद्दतिलाई अंगिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताउनुभयो । हाल सर्वसाधरण नागरिकलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गर्ने कार्य भइरहेकोले यस अस्पताललाई रिफरल सेन्टरको रुपमा विकसित गर्दै लाने कार्यमा यस अस्पताल सदा प्रयत्नरत रहेको तथा गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल प्रहरी अस्पताल सदैव कटिवद्ध रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी नायव उपरीक्षक प्रेम सागर केसीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi