neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको इन्टर मिलानलाई ११ अंकको अग्रता

शीर्ष स्थानको इन्टर मिलानलाई ११ अंकको अग्रता

Apr 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २६

इटालियन सिरि ए फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले ११ अंकको अग्रता बनाएको छ । बुधवार राति भएको खेलमा इन्टर मिलानले सासुलोलाई २-१ गोलले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन रोमेलु लुकाकू र लौटारो मार्टिनेजले एक-एक गोल गरे।सासुलोका हम्मेड जुनियर ट्रोराले एक गोल फर्काएका थिए।

खेलको दशौं मिनेटमा रोमेलु लुकाकूले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६७ औँ मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८५ औँ मिनेटमा सासुलोका हम्मेड जुनियर ट्रोराले एक गोल फर्काएका थिए। ।त्यसपछि कुनै गोल हुन सकेन र मिलानले जित निकालेको हो ।

जितसँगै मिलानले २९ खेलबाट ७१ अंक जोडेको छ र शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।पराजित सासुलोको २९ खेलबाट ४० अंक छ र नवौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi