neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटालियन सिरी ए: रोनाल्डो र डिबालाको गोलमा युभेन्ट्सको जित

इटालियन सिरी ए: रोनाल्डो र डिबालाको गोलमा युभेन्ट्सको जित

Apr 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ २६ चैत

इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । बुधवार राति भएको खेलमा युभेन्ट्सले नापोलीलाई २-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाले एक-एक गोल गरे ।नापोलीका लोरेन्जो इन्सिन्याले एक गोल फर्काए ।

खेलको १३ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७३ औँ मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

खेलको ९० औँ मिनेटमा नापोलीका लोरेन्जो इन्सिन्याले पेनाल्टीमा एक गोल फर्काए ।त्यसपछि कुनै गोल हुन सकेन र युभेन्ट्सले जित निकालेको हो ।

जितसँगै युभेन्ट्सले २९ खेलबाट ५९ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । पराजित नापोलीको २९ खेलबाट ५६ अंक छ र १९ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi