neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बायर्न पीएसजीसँग पराजित, एमबाप्पेले गरे दुई गोल

बायर्न पीएसजीसँग पराजित, एमबाप्पेले गरे दुई गोल

Apr 8th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २६

पीएसजीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।बुधबार राति भएको खेलमा (पेरिस सेन्ट जर्मेन) पीएसजीले बायर्न म्युनिखलाई उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल र मार्क्विनहोसले एक गोल गरे ।बायर्नका एरिक मोटिङ र थॉमस मुलरले एक-एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। २८ औँ मिनेटमा मार्क्विनहोसले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३७ औं मिनेटमा बायर्नका एरिक मोटिङले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

दोस्रो हाफको ६० औं मिनेटमा बायर्नका थॉमस मुलरले गोल गर्दै खेल बराबरिमा फर्काए ।

त्यसपछि खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

अब दोस्रो लेग अप्रिल १३ मा पीएसजीको मैदानमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi