neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाल इकोनोमिक्स ओलम्पियाड राष्ट्रिय प्रतियोगिता हुुने

नेपाल इकोनोमिक्स ओलम्पियाड राष्ट्रिय प्रतियोगिता हुुने

Apr 7th, 2021

काठमाडौ, चैत २५

नेपाल इकोनोमिक्स ओलम्पियाड (एनईओ)–२०२१, ९, १० र ११ अप्रिल, मा आयोजना हुनेभएको छ । आयोजकहरुबाट प्राप्त सूचना अनुसार नेपाल इकोनोमिक्स ओलम्पियाडको यो दोस्रो संस्करण काठमाडौं कलेज अफ म्यानेजमेन्ट ग्वार्को, ललितपुरमा आयोजना हुनेछ ।

अध्यक्ष अर्जुन सापकोटाका अनुसार यो प्रतियोगिता +२ वा समान तहमा आर्थिक, वित्त र व्यवस्थापनको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूको लागि सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । उनले उल्लेख गरे अनुसार यस वर्ष नेपाल इकोनोमिक्स ओलम्पियाड क्षेत्रीय प्रतिस्पर्धामा नेपालका सातै प्रान्तका ५० बढी संस्थाका ३०० बढी विधार्थीहरुले सहभागिता जनाएका थिए।कुल ६९ जना विद्यार्थीहरू राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न छानिएकाछन । प्रतियोगिता, अर्थशास्त्र परीक्षा र बिजनेस केस एनालिसिस गरि दुई चरण मा आयोजित गरिनेछ ।

संस्था कि सूचना प्रमुख सुप्रिया महर्जन सापकोटाका अनुसार राष्ट्रिय प्रतियोगितालाई विभिन्न सेमिनार र अतिथि वक्ताहरूको उपस्थितिले गरिमामय र फलदायक बनाउनेछ । माननीय डाक्टर मिनेन्द्र रिजाल (संसद सदस्य), वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्ले (अध्यक्ष–आईआईडीएस), वरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेल लगायत अन्य महत्वपूर्ण व्यक्तित्वले अर्थशास्त्र, वित्त र व्यवसायका विभिन्न पक्षहरुमा महत्वपूर्ण विचारहरू प्रस्तुत गर्नेछन ।

सापकोटाका अनुसार यो संस्थाको उद्देश्य अर्थशास्त्र क्षेत्रमा असाधारण प्रतिभाशाली विद्यार्थीहरू भेट्टाउनु र उज्जवल भविष्य निर्माण गर्न हौसला प्रदान गर्नु पनि हो । सहभागीहरू आफ्ना तार्किक, आलोचनात्मक, र बौद्धिक क्षमताहरू बृद्धि गर्न प्रतिस्पर्धा गर्नेछन् । २०१९ देखि नेपालले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिइरहेको छ । २०१९ मा नेपालले सहभागिताको पहिलो वर्षमा कांस्य पदक र २०२० मा दुई कांस्य पदक जित्यो । साथै यस वर्षका नेपाल इकोनोमिक्स ओलम्पियाड २०२१ का विजेताले आई.ई.ओ.मा नेपालको प्रतिनिधित्व गर्ने छन । लाट्भियाको विश्वविद्यालय अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाड २०२१ को लागि होस्ट संस्थाका रूपमा घोषित गरिएको छ । स्रोतका अनुसार अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२१ अनलाइन हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi