काठमाडौ, चैत २५
प्राइम कमर्सियल बैंक लिमिटेडले समग्र नाईहरुको व्यवसायिक विकासमा साथ दिने भएको छ । बैकले अल्पसंख्यक, सामाजिक आर्थिकस्तरले पिछडा वर्ग र पेशाको हिसाबले कपाल काट्ने पुख्र्यौली पेशा रहेका नेपालका नाईहरुको व्यवसायिक विकासको माध्यमबाट समग्र जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्ने उद्देश्यले नाईहरुको छाता संगठन नेपाल नाई टे«ड युनियनसंग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । २६ फागुन २०७७ मा भएको यस समझदारी पत्रमा युनियनको तर्फबाट केन्द्रिय समितिका अध्यक्ष गजेन्द्र ठाकुर र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले हस्ताक्षर गरेका हुुन ।
हातमा सिप भएका व्यक्तिहरुलाई स्वावलम्बी बनाई उनीहरुको पेशालाई व्यबसायीकरण गर्ने उद्देश्यले उक्त छाता संगठनका सम्पुर्ण बैंकिङ सेवा सुविधा एकै ढोकावाट उपलव्ध गराउने लक्ष्य बैंंकले राखेको छ । साथै, बैंंकले सदस्यहरुलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै दुर्घटना एवम् अस्पताल भर्ना वीमा लगायतका सुविधाहरु पनि प्रदान गर्नेछ । समझदारी अनुसार बैंकले युनियनका केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा रहेका ४१ जिल्लाका करिब ३१ हजार नाई तथा युनियनका कर्मचारीहरुको प्राइम बैंकमा संस्थागत, व्यवसायिक तथा व्यक्तिगत बैंक खाता खोल्ने व्यवस्था गर्नेछ । व्यक्तिगत खाता सञ्चालन गरेका सदस्यहरुलाई बैंकले पहिलो वर्ष निशुल्क सेवासहित मोबाइल बैंकिङ, भिसा डेविट कार्ड, परिवारका दुुई जनासम्मको डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराउनेछ ।
सामाजिक सुरक्षातर्फ सम्झौता भएको मितिले दुुई वर्ष भित्र व्यक्तिगत खाता खोल्ने सदस्यका लागि पाँच लाख बराबरको दुर्घटना वीमा र २५ हजार बराबरको अस्पताल भर्ना वीमा उपलब्ध गराउनेछ । डिजिटल बैंकिङतर्फ व्यवसाय खाता सञ्चालन गरेका सदस्यका लागि क्यु.आर. कोडको व्यवस्था गर्नेछ र यस मार्फत कारोबार गरे वापत यो सम्झौता मितिले पहिलो ३ महिनासम्मका लागि कारोबारमा प्रोत्साहन स्वरुप बैंकले प्रति कारोवार पाँच रुपैयाँ थप गरिदिनेछ । यसैगरी कर्जा सेवातर्फ एक धितोमा प्रति ऋणी रु. ५० हजारदेखि दुुई लाखसम्म सरल प्रक्रियाबाट सामुहिक लगानी गर्नेछ । साथै, आवश्यक्ताको आधारमा उपकरण कर्जा, अतिरिक्त उपभोग कर्जा आदि थप गर्न सक्नेछ । ठूला कर्जा लगानी सम्बन्धमा सम्भाव्यताको प्राविधिक सहजीकरणसहित कर्जा प्रवाह गर्नेछ ।
दीर्घकालीन लक्ष्य अन्तर्गत चालु आ.व. २०७७–०७८ को अन्तिम चौमासिकभित्र व्यक्तिगत, व्यवसायिक तथा युनियनको संस्थागत गरी कम्तीमा दुई हजार सदस्यको खाता खोल्ने, देशभरका पाँच हजार सदस्यहरुमा बैंकिङ तथा वीमा साक्षरता पु¥याउने र कम्तीमा तीन सय जना व्यवसायीलाई कोरोना प्रभावित व्यवसाय पुनःउत्थान सहुलियत कर्जा प्रवाह गर्ने लक्ष्य रहेको छ ।
नाई व्यवसायिक विकास अभियान नामाकरण गरिएको उक्त समझदारीअनुसार युनियनले नाई व्यवसायलाई कानुनी रुपमा सुरक्षित, व्यवसायिक रुपमा व्यवस्थित र मर्यादित बनाउँदै आफ्ना सदस्य र समुदायको बृहत्तर विकासकालागि नाई सहकारी, नाई उद्योग, नाई तालीम केन्द्र, नाई कल्याण कोषलगायतका सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।