neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लिभरपुल रियल मड्रिडसँग पराजित,भिनिसियस जुनियरले गरे दुई गोल

लिभरपुल रियल मड्रिडसँग पराजित,भिनिसियस जुनियरले गरे दुई गोल

Apr 7th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २५

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।मंगलबार राति भएको खेलमा रियल मड्रिडले लिभरपुललाई ३-१ गोलले पराजित गरेको हो ।

रियल मड्रिडलाई जित दिलाउन भिनिसियस  जुनियरले दुई गोल र मार्को एसेन्सिओले एक गोल गरे ।लिभरपुलका मोहमद सलाहले एक गोल गरे ।

खेलको २७ औँ मिनेटमा भिनिसियस  जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए। ३६ औँ मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५१ औं मिनेटमा लिभरपुलका मोहमद सलाहले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ६५ औं मिनेटमा भिनिसियस  जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-१ को जित दिलाए ।

अब दोस्रो लेग अप्रिल १४ मा एनफिल्डमा हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi