neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो एभर्टन

क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो एभर्टन

Apr 6th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २४

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा एभर्टनलाई क्रिस्टल प्यालेसले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा एभर्टनको लागि जेम्स रोड्रीगेजले एक गोल गरे भने क्रिस्टल प्यालेसको लागि मिचि बत्सुआईले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता एभर्टनलेनै लिएको थियो । खेलको ५६ औं मिनेटमा जेम्स रोड्रीगेजले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए। तर,खेलको ८६ औँ मिनेटमा क्रिस्टल प्यालेसका मिचि बत्सुआईले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरी सँगै एभर्टनले २९ खेलबाट ४७ अंक जोडेको छ र आठौं स्थानमा छ। क्रिस्टल प्यालेसको ३० खेलबाट ३८ अंक छ र १२ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi