काठमाडौ, चैत २३
कृृषि बिकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुुक्त भएकाछन । नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णया अनुसार कृषि बिकास बैंकसंचालक समितिको संचालक सदस्यमा दिर्घराज मैनाली मनोनयन भएका हुुन ।
नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेकाछन । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य मैनालीलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएकाछन । उक्त अवसरमा कृषि विकास बैंकका संचालक सदस्यहरु डा हरि बहादुर के.सी, डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का का.मु. उपमहाप्रबन्धक प्रताप सुवदी , बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो ।