neapl investment mega bank

कुमारी बैंकको २० औं वार्षिकोत्सव

Apr 4th, 2021

काठमाडौ, चैत २२

कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ । सो अवसरमा यही चैत्र २१ गते शनिवार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीर प्रताप राणाबाट गरिएको बैकले जानकारी दिएको छ ।

पशुपति क्षेत्र विकास कोष, काठमाडौ महानगरपालिका, वडा नं. ८ कार्यालयको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद सदस्य श्रीमती आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, बैकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरु र एक सय ५० जना कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे यस बैंकले आफ्नो २० वर्षको यो अनवरत यात्राका हरेका पलमा सम्पुर्ण शुभचिन्तकहरुले दिएको अथक साथ र विश्वास प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आफ्ना निरन्तर सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने प्रेरणाका लागि बैकले ¥हदयगत आभार व्यक्त गरेको छ ।