neapl investment mega bank
  • गृहपृष्ठ
  • स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित पक्राउ

स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित पक्राउ

Apr 4th, 2021

काठमाडौं, चैत २२

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने ३७ वर्षीय सन्दिप कौशललाई शनिबार विहान प्रहरीले पक्राउ गरेको छ ।

तुल्सीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिड्ने प्यासेजमा कार्टुनभित्र १ हजार दरका नोट ३ हजार ९ सय थान र ५ सय दरका नोट ८ सय थान समेत गरी उक्त रुपैयाँ र छड्के तिलहरिको पोते माला ९ थान फेला पारी थप अनुसन्धान गर्ने क्रममा उक्त नगद सन्दिपको भन्ने खुलेको र उक्त रकम दाङबाट भाइले पठाएको हो भन्दै लिन आएको अवस्थामा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।