neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

शीर्ष स्थानको सिटीलाई १७ अंकको अग्रता

Apr 4th, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २२

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले १७ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा सिटीले लेष्टर सिटीलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन बेन्जामिन मेन्डी र गेब्रियल जिससले एक-एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औँ मिनेटमा सिटीका बेन्जामिन मेन्डीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा गेब्रियल जिससले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।

जितसँगै सिटीले ३१ खेलबाट ७४ अंक जोडेको छ र शीर्ष स्थानमा १७ अंकको अग्रता बनाएको छ ।पराजित लेष्टर सिटीको ३० खेलबाट ५६ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi