neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रियल मड्रिडको सहज जित

Apr 3rd, 2021

आधारभूमि संवाददाता
काठमाडौं, चैत २१

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले ईबरलाई २-० गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई र मार्को एसेन्सिओले एक-एक गोल गरे।

खेलको ४१ औँ मिनेटमा मार्को एसेन्सिओले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफोको ४१ औँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसंगै रियलले २९ खेलबाट ६३ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित ईबरको २९ खेलबाट २३ अंक छ र १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi