neapl investment mega bank
  • गृहपृष्ठ
  • पुर्णता पायो नेकपा एमाले वडा, नगर र क्षेत्रीय अनेम संघ कमिटीले , अब प्रत्येक निर्वाचन क्षेत्रमा ५० करोड :शिक्षा मन्त्री श्रेष्ठ

पुर्णता पायो नेकपा एमाले वडा, नगर र क्षेत्रीय अनेम संघ कमिटीले , अब प्रत्येक निर्वाचन क्षेत्रमा ५० करोड :शिक्षा मन्त्री श्रेष्ठ

Apr 3rd, 2021

आधारभूमि संवाददाता

ललितपुर ,चैत २१

ललितपुरको महालक्ष्मी नगर कमिटीले हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा ५७ सदस्यीय महालक्ष्मी नगर कमिटी गठन गर्नुका साथै एक दुई वडा बाहेक सवै वडा तथा क्षेत्रीय कमिटी अनेम संघ कमिटी गठन गरेको छ । सो गठन कार्यक्रममा नव गठित निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले बोल्दै आज तपाईहरु नेकपा एमाले पार्टीको नेता मात्र होइन तपाईहरु नेकपा एमाले पार्टीको शतीसाल जस्तै जिम्मेवार नेता बन्ने विश्वास व्यक्त गर्दै आगामी आउने बजेटमा १६५ निर्वाचन क्षेत्र ५० करोड बजेट छुट्याइने हुँदा विकासको लहर ल्याइने बताए ।

अर्का नेकपा केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपालले नेकपा सचिवालय बैठक ३ वर्षमा ६४, ६५ बस्दा समेत जनता कोभिडको महामारीले खान नपाई भोका भोकै हुँदा जनताको दैनिक सरोकारको विषयमा कुनै शब्द उच्चार समेत नगर्ने खाली कुर्सी, प्रधानमन्त्री, पार्टी अध्यक्ष कसरी पाउने मात्र भन्ने रोइलो गाउने नेता, तथा वर्तमान प्रधानमन्त्रीलाई काम गर्न नदिने नेता चोइटिएर गएका छन् ती नेता पुनः नेकपा एमाले नेताहरु सच्चिएर आउन आव्हान गर्दै नवनिर्वाचित पदाधिकारी बधाई शुभकामना व्यक्त गरिन् ।

नेकपा ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले वर्तमान प्रधानमन्त्री अन्तराष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुँदै विकास निर्माणमा ठुलो फड्को मारेको धारणा राख्दै आज नव निर्वाचित हुने पदाधिकारीहरुलाई अग्रीम शुभकामना दिदै व्यवहारवादी नेकपा सदस्य हुन आव्हान गरे । नेकपा ललितपुर जिल्ला सचिव पुरुषोत्तम आचार्यले वर्तमान प्रधानमन्त्रीको पालामा ७ हजार झुल्लुङे पुल,
८ हजार कि. मि. सडक कालो पत्रे, ३ सय वटा भन्दा बढी पक्की पुल ,एकै दिन ३ सय वटा सामुदायिक अस्पताल शिलान्यास, मेलञ्ची खानेपानी जस्ता ठुला आयोजना सञ्चालन आएको बताए । आज निर्वाचित हुने पदाधिकारीहरुलाई अग्रीम शुभकाना व्यक्त गरे ।

शपत ग्रहण कार्यक्रमा नेकपा केन्द्रिय सदस्य राजेन्द्र श्रेष्ठ, नेकपा जिल्ला सदस्य देविका राई लगायत नगर सदस्य लगायत उल्लेख्य कार्यकर्ताहरुको उपस्थिती रहनुका साथै पुर्व क्षेत्रिय सदस्य कृष्ण श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । अन्तमा महालक्ष्मी नगरपालिकका मेयरका पत्नी अञ्जीका श्रेष्ठको दुखद असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवान पशुपति नाथ संग प्रार्थना गरिएको थियो ।