neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गोदावरी क्षेत्र सरसफाई अभियानको १०९ औं हप्ता पुरा : मेरो हप्ताको २ घण्टा राष्ट्रलाई

गोदावरी क्षेत्र सरसफाई अभियानको १०९ औं हप्ता पुरा : मेरो हप्ताको २ घण्टा राष्ट्रलाई

Apr 3rd, 2021

आधारभूमि संवाददाता
ललितपुर ,चैत २१

मेरो हप्ताको २ घण्टा राष्ट्रलाई भन्ने मुल नाराका सात गोदावरी खोला क्षेत्र सरसफाई अभियानले १०९ औं हप्ता पुरा गरेको छ । गोदावरी खोला क्षेत्र सरसफाई अभियानकी संयोजक बेबी राजभण्डारी ,आधारभुमि डट कमका अध्यक्ष बलराम वाग्ले, बागमती सरसफाई अभियन्ता तथा गोदावरी क्षेत्र सरसफाई अभियानका अविभावक चित्र बहादुर सुनुवार, नारायणी पाण्डे, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला युवा साना विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । आज १० टन फोहोर सफाईको व्यवस्थापनको जिम्मा सिर्जन सीप सेवा प्रा. लि.ले लिएको छ ।

साथै आमागी चैत्र २८ गते चांगाथली र टिकाथली जोड्ने बन्दै गरेको पुलमा विहान ७ः३० बजे सम्पुर्ण सर-सफाई अभियन्ताहरुलाई उपस्थित हुन संस्थाकी संयोजक राजभण्डारीले अनुरोध गरेकी छिन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi