neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ

Apr 3rd, 2021

काठमाडौ, चैत २१

मोटरसाईकल चोरी गर्ने एक जनालाई मोटरसाईकल सहित ट्राफिक महाशाखाले शुक्रबार नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौ, शखरापुर न.पा.–६, साँखुबाट बास्तविक नम्वर परिवर्तन गरि बा ९५प ७९७६ नम्वरको रातो रङ्गको एनएस पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा साँगाचोक गढी–६,सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएकोम हाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९१ प १२२१ रहेको खुल्न आएको छ ।

उक्त पक्राउ भएका मोटरसाइकल यहि पुस १४ गते कोटेश्वर भाटभटेनीबाट हराएको भनी ललितपुर बस्ने सुजित महर्जनले हुलिया निवेदन यस महाशाखामा दिएका थिए । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi