neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि वर्माबीच भेट

अध्यक्ष तिमिल्सिना र यूएनएचसीआर नेपाल प्रतिनिधि वर्माबीच भेट

Apr 2nd, 2021

काठमाडौ, चैत २०

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)का प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भेटघाट गरेकीछन ।

सिंहदरबारस्थित कार्यकक्षमा शुक्रबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यूएनएचसीआरले विश्वभरका शरणार्थी र राज्यविहिन व्यक्तिको हकका लागि गरिरहेको कामप्रति आभार व्यक्त गरेकीहुुन । यस संस्थाले स्थापना कालदेखि विश्वभर छरिएर रहेका करिब पाँच करोड शरणार्थीलाई सहयोग गरेको जानकारी पाउँदा खुसी लागेको उनले बताईन ।

’नेपालमा रहेका एक लाख १३ हजार पाँच सय भुटानी शरणार्थीको अन्य आठ देशका पुनर्वास गरिएको छ,’ अध्यक्ष तिमिल्सिनाले भने ’यसका लागि यूएनएचसीआरको भूमिकाप्रति धन्यवाद दिन चाहन्छु । अब नेपालमा करिब १९ हजार शरणार्थी रहेका छन्, यहाँहरुको व्यव्थापनमा पनि यहाँहरुको पक्कै ध्यान पुगेको होला । अध्यक्ष तिमिल्सिनाले कोरोना–१९ र अन्य स्वास्थ्य समस्यामा परेका शरणार्थीको सेवामा समेत उच्चआयुक्तको कार्यालयले गरेको कामको प्रशंसा गरे ।

भेटमा उच्चायुक्त कार्यालयका नेपाल प्रतिनिधि स्पानुथ वर्माले शरणार्थी व्यवस्थापनमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति आभार व्यक्त गरिन । नेपाल सरकारले शरणार्थीलाई पनि नेपाली सरह शिक्षा, स्वास्थ्यलगायतका सेवा दिएकोमा संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरिन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi