neapl investment mega bank
  • गृहपृष्ठ
  • ३ हजार ५६५ को नमूना परीक्षण गर्दा १७९ जनामा कोरोना सङ्क्रमण

३ हजार ५६५ को नमूना परीक्षण गर्दा १७९ जनामा कोरोना सङ्क्रमण

Apr 2nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २० चैत

शुक्रबार थप १७९जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ३ हजार ५६५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ६४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५६५ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार ६४७ जना छन् । हालसम्म २२ लाख ७९ हजार १०५ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १११ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १११ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७२ हजार ९६२ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३१ पुगेको छ।