neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स्बिच सम्झौता

नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स्बिच सम्झौता

Apr 2nd, 2021

काठमाडौ, चैत २०

नेपालको अग्रणी बैंक, नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त, नबिल बैंक र सुश्री सुनिता नेहेम्हाफुकी, अध्यक्ष , आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि, काठमाण्डौंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैंकले सदैब दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने विश्वास गर्दछ जुन नेपालको कुलग्राह्यस्थ उत्पादनको प्रमुख योगदान्ँकर्ता हो । हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पु¥याउन उत्साहित छांै । यस सँझेदारीस“गै, नबिल बैंकले कृषि क्षेत्रमा उद्यमशिलता विकासको साथ प्राविधिक ज्ञानको मिश्रण गरी परम्परागत वित्तिय लगानी प्रक्रियाको अन्त्यग र्दै एक नविन सुरुवात गरेको छ । नबिल बैंकले सुरु गरेको यस पहलले व्यापक रुपमा सफलता हासिल गर्दै भविष्यमा नेपालको वित्तिय लगानी प्रवृतिनै परिवर्तन गर्ने नबिल बैंक आशा राख्दछ ।

आर.एण्ड डि.का अध्यक्ष सुनिता नेहेम्हाफूकीले भनिन्, “नेपालको कृषि क्षेत्रको मुख्य समस्या मध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसा युवाउद्यम संचालन गर्न नसक्नु हो । तसर्थ कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर.एण्ड.डि. इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहु“च सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ । यसका लागि आर.एण्ड डि. इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैैंकले उपलब्ध गराउनेछ । यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकासस“गै तिनै प्राविधिकमार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ । यस कार्यक्रम अन्तर्गत जेटिए, जेटि, आईएस्सी एजी र बि.एस्सी.एजी अध्ययन गरेकाले भाग लिन सक्नेछन् । यस कार्यक्रम अन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठा“उमा उद्यम विकास गर्ने योजना रहेको छ ।”

नबिल बैंकको बारेमा

नबिल बैंकले आÏनो देशभर ११९ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देश्मा रहेका एजेन्टको ब्रिहत सन्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ.। एक उच्चप्रशिक्षित समुह र मजबूत र सुरक्षित बैंकिंङ प्रणालीको साथ तीन दशक भन्दा बढीको बैंकिङ अनुभवको साथ,नबिल बैंक ग्राहकहरुलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

आर.एण्ड.डी. को बारेमा

आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. सन् २०१२ देखि सञ्चालनमा आएको छ, जसको लक्ष्य नेपालका किसान समुदायहरूले सामना ग®ि®हेका चुनौतीहरूलाई सम्बोधन गर्ने छ । कम्पनीले कृषि मूल्य श्रृंखलाको ह®ेक अवयवहरूमा समस्या समाधान गर्दै माटोदेखि बिक्री मोडलमा काम ग®ि®हेको छ ।