neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जर्मनी नर्थ म्यासिडोनियासँग पराजित

Apr 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १९

युरोपेली विश्वकप छनोटमा जर्मनीले हार व्यवरेको छ । बुधबार राति भएको समूह (जे) को तेस्रो खेलमा नर्थ म्यासिडोनियाले जर्मनीलाई २-१ गोलले पराजित गरेको हो ।

नर्थ म्यासिडोनियालाई जित दिलाउन गोरण पाण्डेव र एल्जीफ एल्मासले एक-एक गोल गरे ।जर्मनीको इल्के गुन्डोगानले एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा नर्थ म्यासिडोनियाका गोरण पाण्डेवले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको ६३ औं मिनेटमा जर्मनीका इल्के गुन्डोगानले पेनाल्टीमा  गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ८५ औं मिनेटमा नर्थ म्यासिडोनियाका एल्जीफ एल्मासले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र नर्थ म्यासिडोनियाले जित निकालेको हो ।

जितसँगै नर्थ म्यासिडोनियाले ३ खेलबाट ६ अंक जोडेको छ र समूह (जे) को दोस्रो स्थानमा छ ।पराजित जर्मनीको ३ खेलबाट ६ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi