neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ग्रीजम्यानको गोलमा फ्रान्सको जित

Apr 1st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १९

युरोपेली विश्वकप छनोटमा फ्रान्सले सहज जित निकालेको छ ।बुधबार राति भएको समूह (डी) को तेस्रो खेलमा फ्रान्सले बोसनिया र हर्जेगोभिनालाई १-० गोलले पराजित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन एन्टोइन ग्रिज्मानले निर्णायक गोल गरे । ग्रिज्मानले खेलको ६० औं मिनेटमा एड्रियन रबीओटको पासमा गोल गरेका हुन् ।

जितसँगै फ्रान्सले ३ खेलबाट ७ अंक जोडेको छ र समूह (डी) को शीर्ष स्थानमा छ ।पराजित बोसनिया र हर्जेगोभिनाको २ खेलबाट १ अंक छ र चौंथो स्थानमा  छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi