neapl investment mega bank
  • गृहपृष्ठ
  • महिला सहयात्रा लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

महिला सहयात्रा लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न

Mar 31st, 2021

काठमाडौ, चैत १८

महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि.को आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपूरको सभाहलमा बुधबार उक्त सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पूँजी रहेको वित्तीय संस्थाले आ.व.२०७६/०७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने, आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिबेदन र सोहि अवधि सम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व.२०७७/०७८का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाबाट रिक्त दुुई जना सर्वसाधारण शेयरधनीका तर्फको संचालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएकाछन । संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखामार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दे आएको छ ।