neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नेदरल्यान्ड्सको रोमाञ्चक जित

Mar 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १८

युरोपेली विश्वकप छनोटमा नेदरल्यान्ड्सले फराकिलो जित निकालेको छ ।मंगलबार राति भएको समूह (जी) को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ७-० गोलले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डीपेले दुई,स्टीवन बर्घुईस,लुक डी जोंग,जर्जिनियो विज्नल्डम,डोनेएल मालेन र डोन्नी भ्यान डी बीक ले एक-एक गोल गरे ।नेदरल्यान्ड्सले एक गोल पहिलो हाफ र बाँकी गोल दोस्रो हाफमा गरेको हो ।

जितसँगै नेदरल्यान्ड्सले ३ खेलबाट ६ अंक जोडेको छ र समूह (जी)को दोस्रो स्थानमा छ ।पराजित जिब्राल्टरको ३ खेलबाट शून्य अंक छ र पुछारमा छ । शीर्ष स्थानको टर्कीको ३ खेलबाट ७ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi