neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पोर्चुगलको सहज जित

Mar 31st, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १८

युरोपेली विश्वकप छनोटमा पोर्चुगलले सहज जित निकालेको छ ।मंगलबार राति भएको समूह (ए) को तेस्रो  खेलमा पोर्चुगलले लक्जमबर्गलाई ३-१ गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन डायगो जोटा,क्रिस्टियानो रोनाल्डो र जोओ पलहिन्हाले एक-एक गोल गरे ।लक्जमबर्गका गेर्सन रोड्रिग्सले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने लक्जमबर्गले लिएको थियो।खेलको ३० औं मिनेटमा लक्जमबर्गका गेर्सन रोड्रिग्सले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, पहिलो हाफको इन्जुरी समयमा पोर्चुगलका डायगो जोटाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफोको ५० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए ।

त्यसपछि खेलको ८० औं मिनेटमा जोओ पलहिन्हाले गोल गर्दै टोलीलाई ३-१ को सहज जित दिलाए ।

अन्तिम समयमा लक्जमबर्ग १० खेलाडीमा समेटिएको थियो । लक्जमबर्गका म्याक्सिम चानोटले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

जितसँगै पोर्चुगलले ३ खेलबाट ७ अंक जोडेको छ र समूह (ए) को शीर्ष स्थानमा छ ।पराजित लक्जमबर्गको २ खेलबाट ३ अंक छ र तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi