neapl investment mega bank
  • गृहपृष्ठ
  • हिमालयन बैंकद्धारा प्रिपेड डलर कार्ड सुरु

हिमालयन बैंकद्धारा प्रिपेड डलर कार्ड सुरु

Mar 30th, 2021

काठमाडौ, चैत १७

हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि एचविएल ‘डलर प्रीपेड कार्ड’ सुविधा सञ्चालनमा ल्याएको छ । यो सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा पाउन सक्नेछन । साथै खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुले यो सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्नेछन । बैकको सबै क्षेत्रमा गरी ७१ वटा शाखा चार वटा विस्तारित काउन्टर, एक सय ४६ वटा एटिएम र चार हजार दुई सय भन्दा बढी पिओएस टर्मिनल रहेको छ ।