neapl investment mega bank

आठ महिनामा १० करोड राजश्व सङ्कलन

Mar 29th, 2021

गलकोट, १६ चैत /रासस

यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको आठ महिनामा करीब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २८८ राजश्व सङ्कलन गरेको छ ।

सवारी करबाट रु सात करोड, तीन लाख ५६ हजार ९९९ बिलबुक तथा सवारी अनुमति पत्रबाट रु एक करोड ४८ लाख, १६ हजार ६५५ सङ्कलन भएको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार पञ्जीकरणबाट रु दुई लाख ५० हजार ५०० बेरुजुबापत्को रु १९ हजार चार २८, पटके रुट परमिटमार्फत रु ४१ लाख ८९ हजार २०० लगायत विभिन्न शीर्षकबाट उक्त राजश्व सङ्कलन भएको छ ।

सडक पुनःनिर्माण गर्न ६० करोड विनियोजन

जिल्लाको ढोरपाटन नगरपालिकामा २०७७ भदौ १७ गते राति आएको बाढीले क्षति गरेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणका लागि रु ६० करोड बजेट स्वीकृत भएको छ ।

नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिराले खोला थुनिएर अचानक फुटेपछि भुजीखोलाको बाढीले वडा नं ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करीब १० किलोमिटर सडक बगाएको थियो । बाढीमा परेर २३ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।

बाढीले सबैभन्दा बढी ढोरपाटन–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भुजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक बगरमा परिणत गराएको थियो । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाले ढोरपाटन नगरपालिकाको समन्वयमा झण्डै रु पाँच करोड खर्चेर सडक एक महिनापछि सञ्चालन गरेको थियो ।