neapl investment mega bank
  • गृहपृष्ठ
  • चीनद्वारा नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध, पहिलो डोजमा जुन, दोस्रो डोजमा त्यहीः प्रधानमन्त्री

चीनद्वारा नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध, पहिलो डोजमा जुन, दोस्रो डोजमा त्यहीः प्रधानमन्त्री

Mar 29th, 2021

काठमाडौ, चैत १६

छिमेकी मित्र राष्ट्र चिनले नेपाललाई आठ लाख डोज कोभिड १९ विरुद्धको खोप प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित विशेष कार्यक्रममा नेपालका लागि चिनका राजदुत हउयान्छीले उक्त खोप सम्बन्धी दस्तावेज नेपाल सरकारलाई हस्तान्तरण गरेकी हुुन ।
हस्तान्तरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चिनबीचको मैत्री सम्बन्ध थप सृदृढ बनाउन खोप हस्तान्तरण कार्यले थप योगदान गरेको बताए । चिनले आफ्नै देशमा खोपको विकास गरी मानव जीवन रक्षाका लागि काम गरेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाल सरकार पनि महामारीबाट जनजीवन जोगाउने कुरालाई सर्वाधिक महत्व दिँदै ‘जीवन पहिलो’ को नीतिमा अघि बढेको समेत बताए ।

हाम्रा दुवै छिमेकीबाट खोपको सहयोग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले खरिदका लागि समेत सरकारले तयारी गरेको जानकारी दिए ।

पहिलो डोजमा जुन, दोस्रो डोजमा त्यही

प्रधानमन्त्रीले कोभिड विरुद्ध पहिलो डोजमा जुन प्रकारको भ्याक्सिन दिइएको हो दोस्रो डोजमा पनि सोही प्रकारको भ्याक्सिन दिइने बताए । केही व्यक्तिबाट दोस्रो डोज फरक कम्पनीको भ्याक्सिन दिइने भन्दै अन्यौल सृजना गर्ने ढंगले टिप्पणीहरु हुन थालेको तर्फ प्रधानमन्त्रीको संकेत थियो । ‘सरकारले दुई वटै डोज एउटै कम्पनीको दिने गरी व्यवस्था गरिसकेको छ । कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत हउयान्छीले खोप हस्तान्तरण् चिनियाँ राष्ट्रपति सि सिनपिङको ‘भ्याक्सिनलाई विश्वव्यापी सार्वजनिक सम्पत्ति बनाउने प्रतिबद्धताको कार्यान्वयन भएको बताईन ।

यसका साथै खोप हस्तान्तरण दुई देशबीच जनताको स्वास्थ्यप्रतिको प्रतिवद्धताको प्रतिक समेत भएको धारणा उनको थियो । चिनिया पक्ष प्रधानमन्त्री ओलीको नेतृत्वमा कोभिड १९ लाई परास्त गर्न गरिएका प्रयासबारे राम्ररी जानकार रहेको समेत उनले बताईन । कोरोना प्रकोपको सामान्यिकरण सँगै विकास योजना लगायत नेपाल र चिनबीचका दुई पक्षीय सम्बन्धका विविध आयामहरुले गति लिने विश्वास पनि उनको थियो ।