neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इटालीको सहज जित

Mar 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १६

युरोपेली विश्वकप छनोटमा इटालीले सहज जित निकालेको छ ।आइतबार राति भएको समूह (सी) को खेलमा इटालीले बल्गेरियालाई २-० गोलले पराजित गरेको हो ।

इटालीलाई जित दिलाउन एन्ड्रिया बेलोट्टी र मनुएल लोकेटलिले एक-एक गोल गरे ।

खेलको ४३ औं मिनेटमा एन्ड्रिया बेलोट्टीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसपछि दोस्रो हाफोको ८२ औं मिनेटमा मनुएल लोकेटलिले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै इटालीले २ खेलबाट ४ अंक जोडेको छ र समूह (सी) को शीर्ष स्थानमा छ ।पराजित बल्गेरिया अंक विहीन पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi