neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जर्मनीको लगातार दोस्रो जित

Mar 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १६

युरोपेली विश्वकप छनोटमा जर्मनीले साँघुरो जित निकालेको छ ।आइतबार राति भएको समूह (जे) को खेलमा जर्मनीले रोमानियालाई १-० गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन सर्ज गनाब्रीले निर्णायक गोल गरे ।गनाब्रीले खेलको १६ औं मिनेटमा काई हवेर्त्जको पासमा गोल गरेका हुन् ।

जितसँगै जर्मनीले २ खेलबाट ६ अंक जोडेको छ र समूह (जे) को शीर्ष स्थानमा छ । पराजित रोमानिया २ खेलबाट ३ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi