neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फ्रान्सको सहज जित

Mar 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १६

युरोपेली विश्वकप छनोटमा फ्रान्सले सहज जित निकालेको छ ।आइतबार राति भएको समूह (डी) को खेलमा फ्रान्सले काजकिस्तानलाई २-० गोलले पराजित गरेको हो ।

फ्रान्सलाई जित दिलाउन ओसुमाने डेम्बेलेले एक गोल गरे ।फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको १९ औं मिनेटमा डेम्बेलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसपछि ४४ औं मिनेटमा काजकिस्तानका सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्स २-० ले अघि बढ्यो।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र फ्रान्सले जित निकालेको हो ।

खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

जितसँगै फ्रान्सले २ खेलबाट ४ अंक जोडेको छ र समूह (डी) को शीर्ष स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi