neapl investment mega bank
  • गृहपृष्ठ
  • पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता

पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता

Mar 28th, 2021

काठमाडौ, चैत १५

पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहदै आएको छ । अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नकालागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रबद्र्धन गर्न मद्दत पु¥याउने संस्था हो । बृद्धबृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्धेश्यले यी दुई संस्था बीचमा यही चैत आठ गते सम्झौता भएको हो ।

साझेदारीको मुख्य उद्घेश्य भनेको युवा पुस्ता र बृद्धबृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पु¥याउनु हो । यसको प्रत्येक श्रृङखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्दछ । यसको प्रत्येक श्रृङखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।

यसको विस्तृत जानकारी तथा सहयोगी बन्नको लागी सुन्न र सबस्क्रयाब गर्नका लागि अजिस पोडकास्ट एप डाउनलोड गर्नुहोस वा युट्युब, एप्पल पोडकास्ट, स्पोटीफाई, गुगल पोडकास्ट, ट्युनईन, तथा स्टिट्चरहरुमा उपलब्ध भई रहेका छन् ।