neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बराबरीमा रोकियो बेल्जियम

Mar 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १५

फिफा विश्वकप फुटबलको युरोपियन छनोटको दोस्रो खेलमा बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह (ई) को खेलमा बेल्जियमले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा बेल्जियमको लागि रोमेलु लुकाकूले एक गोल गरे भने चेक रिपब्लिकको लागि लुकास प्रोभोडले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले लिएको थियो। खेलको ५० औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए। तर, खेलको ६० औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकूले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै चेक रिपब्लिकले २ खेलबाट ४ अंक जोडेको छ र समूह (ई) शीर्ष स्थानमा छ ।बेल्जियमको ४ अंक छ र दोस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi