neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सर्बियासँग बराबरीमा रोकियो पोर्चुगल

Mar 28th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १५

फिफा विश्वकप फुटबलको युरोपियन छनोटको दोस्रो खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह (ए) को खेलमा पोर्चुगलले सर्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।

खेलमा पोर्चुगलको लागि डायगो जोटाले दुई गोल गरे भने सर्बियाको लागि अलेक्सान्डर मिट्रोभिच र फिलिप कोस्टिले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने पोर्चुगलले लिएको थियो। खेलको ११ औं मिनेटमा डायगो जोटाले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ।३६ औँ मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ४६ औँ मिनेटमा सर्बियाका अलेक्सान्डर मिट्रोभिचले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।त्यसपछि ६० औँ मिनेटमा फिलिप कोस्टिले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

दोस्रो हाफको इन्जुरी समयमा सर्बिया १० खेलाडीमा समेटिएको थियो ।सर्बियाका निकोला माइलेन्कोविले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बराबरीसँगै पोर्चुगलले २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ । सर्बियाको २ खेलमा ४ अंक छ र समूह (ए) को शीर्ष स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi