neapl investment mega bank
  • गृहपृष्ठ
  • ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

Mar 26th, 2021

काठमाडौ, चैत १३

ग्लोबल आइएमई बैंक लिमिटेडले आज शुक्रबारदेखि तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तीन वटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७३ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २७३ शाखा सञ्जाल सहित २४२ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।