neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

अवैध लागूऔषध चरेश सहित पक्राउ

Mar 26th, 2021

कैलाली, चैत १३

गोदावरी नगरपालिका–१ बसन्तपुर बस्ने ४० वर्षीय चेतराज ऐरलाई करिब ९ सय ४० ग्राम अवैध लागूऔषध चरेश सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको किराना पसलमा अवैध लागूऔषध चरेश बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi