neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

Mar 26th, 2021

सुनसरी, चैत १३

आफ्नै श्रीमती ३१ वर्षीया कमला माझीलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–८ दुर्गा बस्ने ३७ वर्षीय तिल बहादुर माझीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

माझीले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछिबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गम्भीर घाइते कमलाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi