neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

जर्मनीको सहज जित

Mar 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १३

युरोपेली विश्वकप छनोटमा जर्मनीले सहज जित निकालेको छ ।बिहीबार राति भएको समूह (जे) को खेलमा जर्मनीले आइसल्याण्डलाई ३–० गोलले पराजित गरेको हो ।

जर्मनीलाई जित दिलाउन लियोन गोरेत्स्का ,काइ हावर्टज र इल्के गुन्डोगानले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा लियोन गोरेत्स्काले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।सातौं मिनेटमा काइ हावर्टजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफोको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै जर्मनीले पहिलो खेलमा ३ अंक जोडेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi