neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • घरेलु मैदानमा इंग्ल्यान्डको सानदार जित

घरेलु मैदानमा इंग्ल्यान्डको सानदार जित

Mar 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, चैत १३
युरोपेली विश्वकप छनोटमा इंग्ल्यान्डले सानदार जित निकालेको छ ।बिहीबार राति भएको समूह (आई) को खेलमा इंग्ल्यान्डले सान मारिनोलाई ५–० गोलले पराजित गरेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन डोमिनिक कलवर्ट लेविनले दुई,जेम्स वार्ड प्रूज,रहीम स्टर्लिंग र वोओली वाटकिन्सले एक-एक गोल गरे। जेम्स वार्ड र ओली वाट्किन्सनले इंग्ल्यान्डका लागि पहिलोपल्ट गोल गरेका हुन्।

खेलको १४ औं मिनेटमा जेम्स वार्डले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।२१ औँ मिनेटमा लेविनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ३१ औं मिनेटमा रहीम स्टर्लिंग गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ५३ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० ले अघि बढाए।त्यसपछि खेलको ८३ औं मिनेटमा वाटकिन्सले गोल गर्दै टोलीलाई ५-० को सानदार जित दिलाए ।

जितसँगै इंग्ल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi