neapl investment mega bank
  • गृहपृष्ठ
  • २ हजार ८ सय ९१ को नमूना परीक्षण गर्दा १ सय २० जनामा कोरोना सङ्क्रमण

२ हजार ८ सय ९१ को नमूना परीक्षण गर्दा १ सय २० जनामा कोरोना सङ्क्रमण

Mar 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १२ चैत

बिहीबार थप १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २ हजार ८ सय ९१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ९१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ हजार २१७ जना छन् । हालसम्म २२ लाख ५१ हजार ८ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ८५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८५ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ७२ हजार २७२ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २० पुगेको छ।