neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेश ग्रुपबिच सम्झौता

नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेश ग्रुपबिच सम्झौता

Mar 24th, 2021

काठमाडौ, चैत ११

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीबिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा तथा डेबिट कार्डबहाक ग्राहकहरुलाई बिभिन्न सेवामा छुुट दिने सम्झौता भएको छ । उक्त ग्रुपका १९ वटा आउटलेटहरुमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेकाछन । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त तथा व्यवसाय प्रबर्धन शाखाका प्रविन मुनी बज्राचार्यको पनि उपस्थिती रहेको थियो ।