neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बाघको छाला तथा हाडसहित एक पक्राउ

Mar 23rd, 2021

लमजुङ, १० चैत /रासस

लमजुङमा बाघको छाला तथा हाडसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । दोर्दी गाउँपालिका–६ सिमीका ३४ वर्षीय मनराज गुरुङलाई छाला तथा हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाघ मारेर बाघको छाला तथा हड्डी तस्कर गर्दै आएको छ भन्ने विषेश सूचनाका आधारमा प्रहरी नै केही हप्ताअघिदेखि ग्राहक बनेर ती युवालाई पक्राउ गर्न सफल भयौँ ।’’ ती युवालाई सोमबार राति घरमै रहेको अवस्थामा पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ । गुरुङलाई आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि आज डिभिजन वन कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पुनको भनाइ छ । डिभिजन वन कार्यालयका अनुसार सो घटनासम्बन्धी अनुसन्धान भइरहेको र दोषी ठहर भएमा कानूनी कारवाही हुनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi