neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चैत १४ गते ‘विश्व नेवाः दिवस’ मनाइँदै

Mar 23rd, 2021

काठमाडौँ, १० चैत /रासस

वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरको आयोजनामा यही चैत १४ गते यहाँको वसन्तपुर डबलीमा विश्व नेवाः दिवस मनाइँदैछ । विश्वभर फैलिएर बसेका नेवारहरुलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य प्रमुख अतिथि हुनुहुनेछ ।

उक्त कार्यक्रममा नेवाः समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिने चौथो विश्व नेवाः दिवस, नेपाल ११४१ का मुख्य संयोजक सुरेन्द्रभक्त श्रेष्ठले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नेपाल र चीन दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा नाम राख्न सफल पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा सम्मान गरिने भएको छ ।
यसैगरी, ‘विश्वका नेवार : चुनौती र अवसर’ विषयमा आयोजना गरिने बहस कार्यक्रममा नेवार अगुवाहरु मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा। महेशमान श्रेष्ठ प्रमुख वक्ताका रुपमा रहनुहुनेछ ।

कार्यक्रममा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्वीरको प्रदर्शनी, नेवाः परिकारको स्टल, साँस्कृतिक कार्यक्रम र मञ्चको विविध गतिविधिहरु समेटिएको स्मारिकाको पनि विमोचन गरिने छ । नेवाः समुदायको गौरव विश्वभर फैलाउने उद्देश्यले हरेक वर्ष मार्च महिनाको पछिल्लो शनिबार विश्व नेवाः दिवस मनाउने गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi