neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रभु बैंकद्धारा सिन्धुपाल्चोकमा बित्तीय साक्षरता सम्वन्धी तालिम

प्रभु बैंकद्धारा सिन्धुपाल्चोकमा बित्तीय साक्षरता सम्वन्धी तालिम

Mar 23rd, 2021

काठमाडौ, चैत १०

प्रभु बैंकले सिन्धुपाल्चोकका विद्यार्थीलाई बित्तीय साक्षरता सम्वन्धी तालिम दिएको छ । बैकका अनुसार सोमबार सो जिल्लाका तेर्षे माध्यामिक महेन्द्र माध्यामिक, पाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई बित्तीय साक्षरता सम्वन्धी जानकारी दिएको हो ।

उक्त कार्यक्रममा विद्यालयका कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन गरेका थिए । ती कार्यालयमा हुने क्रियाकलापको अवलोकन तथा अध्ययनका लागि आएकालाई विभिन्न समुहमा विभाजन गरेर बैंकबारे जानकारी दिइएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृत समक्ष बैंकिङ तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।